कांग्रेस सर्लाही जिल्ला सभापतिमा सिंह
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिमा सुरेन्द्र प्रसाद सिंह विजयी भएका छन् । सभापति शेरबहादुर देउवा समूहका सिंहले लक्ष्मण रायलाई पराजित गरेका हुन् ।
सिंहले १७५८ मत प्राप्त गरेका छन् भने सभापतिका अर्का उमेदवार रायले १३६८ मत ल्याए । निर्वाचन समितिका अनुसार उपसभापतिमा नवीनप्रसाद अधिकारीले १४९३ मत र सरोज कुमारले १७६४ मत ल्याएर निर्वाचित भएका छन् ।
सचिवमा निरज कार्की र मनोजकुमार यादव निर्वाचित भएका छन् । कार्कीले १७२६ मत र यादवले १४२६ मत ल्याएका छन्। सहचावीमा ईन्द्र बहादुर योन्जन र सुनिस कुमार निर्वाचित भएका छन्। उनीहरुले १७११ र १५७९ मत प्राप्त गरे ।