प्रेस चौतारीको अध्यक्षमा बस्नेत
कास्की । नेकपा एमाले निकट प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत चयन भएका छन् । बस्नेत दोस्रोपटक अध्यक्ष बनेका हुन् ।
बस्नेतको अध्यक्ष रहने १५१ सदस्यीय कमिटीमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर छन् । महासचिवमा हिरामान लामा, उपमहासचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा इन्द्र आचार्य रहेका छन् ।