एमसीसी नेपालको हितका लागि आवश्यक : नेता सिंह
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एमसीसी नेपालको हितका लागि आवश्यक रहेको बताएका छन् ।
बुधबार एक कार्यक्रममा बोल्दै नेता सिंहले प्रतिपक्षमा हुँदा पनि एमसीसीको वकालत गरेको बताएका हुन् ।
एमसीसी नेपालको हितका लागि आवश्यक भएका कारण वकालत गरिएको सिंहले बताए ।
एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको सिंहले बताए ।