निजामती कर्मचारी युनियनको अध्यक्षमा पोखरेल निर्वाचित
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको युनियनको आठौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् ।
आज सम्पन्न मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल, खुला उपाध्यक्षमा यज्ञबहादुर ओली, प्रदेश नं १ अध्यक्षमा मानबहादुर वन, मधेस प्रदेश अध्यक्षमा राजकिशोर राउत, बागमती प्रदेश अध्यक्षमा श्रीराम लम्साल, गण्डकी प्रदेश अध्यक्षमा दीपक रेग्मी, लुम्बिनी प्रदेश अध्यक्षमा मदन गौतम, कर्णाली प्रदेश अध्यक्षमा चन्द्रबहादुर खड्का र सुदूरपश्चिम अध्यक्षमा धर्मबहादुर देउवा निर्वाचित भएका छन् ।