\
राजनीतिहेडलाइन

मन्त्री थापाले गरिन् अभिभावकत्व ग्रहण

७ वैशाख, बाबियाचौर । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले रघुगंगा गाउँपालिका–१ बेगकी चार वर्षीया बालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरेकी छन् ।

बेगखोला निवासी तिलचन्द्र र शान्ति चोचाङ्गीकी चार वर्षीया छोरी सपनालाई महादेव मावि बेगमा भर्ना गराएका मन्त्री थापाका स्वकीय सचिव गमबहादुर पुनले जानकारी दिए । मन्त्री थापाले बालिकाको अभिभावकत्व ग्रहण गर्दै एक वर्षका लागि उनको पोशाक, शैक्षिक सामग्रीको व्यवस्था मिलाएका थिए।

सरकारले संघीय, प्रदेश, स्थानीय तहका सबै जनप्रतिनिधिलाई भर्ना अभियानमा परिचालन भएर विद्यालय उमेर समूहका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन आह्वान गरेको छ । महादेव माविको स्वर्ण जयन्ती समारोहमा सहभागी हुने क्रममा मन्त्री थापाले चोचाङ्गीलाई भर्ना गराएकी हुन् ।-(रासस)

Leave a Reply