\
मुख्य समाचारराजनीति

बलात्कारको आरोप लागेका एमाले सांसद बानियाँ निलम्बित

काठमाडौँ । बलात्कारको आरोप लागेका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले बलात्कारसम्बन्धी अभियोग मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुन्धानका क्रममा हिरासतमा परेकोले नेकपा (एमाले) का सांसद बानियाँलाई यही फागुन १६ गतेदेखि संविधानबमोजिम निलम्बन गरिएको अवगत गराए ।

प्रतिनिधिसभा अर्काे बैठक यही फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

Leave a Reply