प्रतिनिधिसभाको बैठक फागुन २९ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन २९ गतेसम्म स्थगित भएको छ । एक नेताका अनुसार ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएसँगै बैठक एक साताका लागि स्थगित गरिएको हो ।
सभामुख अग्नि प्रसाद सापकोटाले आजको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएको घोषणा गरेसँगै अर्को बैठक २०७८ फागुन २९ गते आइतबार दिनको १ बजेका लागि तय गरिएको एक नेताले जानकारी दिए ।