\
मुख्य समाचारराजनीति

एमसीसी लगायतका विषयमा प्रचण्डले विशेष सम्बोधन गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता लगायत विकसित राजनीतिक घटनाक्रमका बारेमा विशेष सम्वोधन सम्बोधन गर्ने भएका छन् ।

अध्यक्ष प्रचण्ड पुत्री एवं स्वकीय सचीव गंगा दाहालले आज राती सामाजिक संजालमा लेख्दै यस्तो जानकारी दिएकी छन् । उनले हाम्रो देशसंगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको भन्दै एकपटक गम्भीर भएर सोच्न सवै पार्टीका नेता-कार्यकतालाई अनुरोध समेत गरेकी छन् ।

उनले एमसिसीको सवालमा आज दिनभरको घटनाक्रमलाई मात्रै नियालेर गहिराईसम्म पुग्न नसकिने भन्दै पार्टी नेतृत्वलाई विश्वास गर्न आग्रह गर्दै देश र जनताको हितबाहेक पार्टी नेतृत्वको अरु कुनै स्वार्थ नभएको स्पष्ट समेत पारेकी छन् ।

उनले धेरै विचार र विवेक पुर्याएर आजको यो निर्णयमा पुगिएको भन्दै संयमित भएर परिस्थितिको गाम्भिर्यतालाई बुझ्न आग्रह गर्दै नेता कार्यकर्ता तहमा नेतृत्वको बिरुद्ध केहि भ्रम पैदा गराउन खोजिएकोमा सचेत हुन समेत अनुरोध गरेकी छन् ।

Leave a Reply