\
राजनीतिहेडलाइन

एमसीसी पारित गर्न लगिएको भन्दै विप्लवसहित अन्य दलद्वारा भोलि नेपाल बन्द घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित अन्य दलहरुले भोलि नेपाल बन्द गर्ने भएका छन् । प्रतिनिधिसभावाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता पारित गर्न लगिएको भन्दै नेपाल बन्द गरिने भएको हो ।

६ दल र दुई मोर्चाले सरकारले आज संसदमा एमसीसी अनुमोदन गर्ने तयारी गरेकोले सोको बिरोधमा भोलि फागुन १६ गते नेपाल बन्द गर्ने भएका हुन् भने आज बेलुका देशब्यापी मसाल जुलुस निकाल्ने घोषणा गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (बिप्लव समूह) , नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, नेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल) वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र नेकपा माओवादी माओवादी समाजवादीले एमसीसी सम्झौताबिरुद्ध भोलि नेपालबन्द गर्ने भएका हुन् ।

नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवदी केन्द्र समाजवादीका संयोजक कर्णजित बुढाथोकी, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुतीले आज संयुक्त विज्ञप्ति जारी गरी देउवा सरकारले संसदवाट रातारात एमसीसी पारित लागेको भनेर त्यसको बिरोध गर्दै नेपाल बन्दको आयोजना गरेका हुन् ।

यस्तो थियो हेर्नुहोस् प्रेस विज्ञप्ति

यस्तो थियो हेर्नुहोस् प्रेस विज्ञप्ति

Leave a Reply