प्रतिक्रान्तिकारीहरुको सवै प्रपञ्चको जालो चिरेर हामी विजयी हुनेछौ : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिक्रान्तिकारीहरुको सवै प्रपञ्चको जालो चिरेर हामी विजयी हुने बताएका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु फेरि पुरानै सत्ता उल्टाउन भरमग्दूर कोशिश गर्ने पनि बताएका छन् । उनले अहिले नेपालमा पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरुवीच संघर्ष चलिरहेको स्पष्ट पारेका छन् ।
प्रचण्डले प्रतिक्रान्तिकारीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेको पनि आरोप लगाएका छन् । तर ती प्रतिक्रान्तिकारीहरुको सवै प्रपञ्चको जालो चिरेर आफूहरु विजयी हुने उनले उद्घोष गरेका हुन् ।