\
राजनीति

प्रधानमन्त्रीद्वारा कलाकार जयनन्द लामाको निधनप्रति समवेदना प्रकट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार एवं लोकगायक जयनन्द लामाको निधनको निधनप्रति समवेदना प्रकट गरेका छन्। काँग्रेस सभापति समेत रहेका देउवाले जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको बताएका छन्।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, “कलाकार एवं लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको छ । दिवङगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।”

Leave a Reply