अध्यक्ष प्रचण्डद्वारा विजेता नेपाली क्रिकेट टोलीलाई बधाई
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आइसिसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकामा नेपाली टोलीलाई बधाई दिएका गरेका छन् ।
ओमानमा जारी टी-२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज राती सामाजी क्संजल ट्विटर गर्दै अध्यक्ष प्रचण्डले नेपाली क्रिकेट टीमलाई हार्दिक बधाई दिएका हुन् ।
अध्यक्ष प्रचण्डले ट्विटरमा लेखेका छन्, “आज भएको “टि२० विश्वकप ग्लोवल छनौट” अन्तर्गत क्यानडाविरुद्ध भएको क्रिकेट प्रतियोगितामा विजयी भएर नेपाललाई सेमिफाइनल प्रवेश गराउन सफल सम्पुर्ण नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई । नेपाली क्रिकेट टिमले अब हुने सेमिफाइनलमा पनि आफ्नो शानदार जित निकालेर विश्वकपको यात्रा तय गर्न सफल रहोस् सफलताको अग्रिम शुभकामना !!”
ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल क्यानडालाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
विवाद र बिरोधका बीच सरकारले MCC टेबुल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले MCC का विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।
MCC टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
— ☭ Comrade Prachanda (@cmprachanda) February 20, 2022