अब असान्दर्भिक रुपमा हात्ती बोलाउनेहरु बाजा बजाएर नाच !
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले हात्ती जुधे पनि बगैंचाको सत्यानास र उनीहरुले पिरती लाए पनि बगैंचाको सत्यानास भन्ने सोचेर ब्यबहार गर्नुपर्ने बताएका छन्।
नेता बाँस्कोटाले सामाजिक संजालमा लेखेका छन्, “हामीले हात्ती जुधे पनि बगैंचाको सत्यानास र उनीहरुले पिरती लाए पनि बगैंचाको सत्यानास भन्ने सोचेर ब्यबहार गर्नु पर्छ भनेकै हो।सन्तुलीत परराष्ट्र सम्बन्धको षडयन्त्रकारी ड्रम ठोकेर बस्नटिक्न दिएनन।अब असान्दर्भिक रुपमा हात्ती बोलाउनेहरु बाजा बजाएर नाच! बिहेको समय छ!बढी चलखेलको परिणाम।”
हामीले हात्ती जुधे पनि बगैंचाको सत्यानास र उनीहरुले पिरती लाए पनि बगैंचाको सत्यानास भन्ने सोचेर ब्यबहार गर्नु पर्छ भनेकै हो।सन्तुलीत परराष्ट्र सम्बन्धको षडयन्त्रकारी ड्रम ठोकेर बस्नटिक्न दिएनन।अब असान्दर्भिक रुपमा हात्ती बोलाउनेहरु बाजा बजाएर नाच! बिहेको समय छ!बढी चलखेलको परिणाम।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 11, 2022