\
राजनीति

काँग्रेस पदाधिकारी बैठक: एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको बिहीबार बसेको पदाधिकारी बैठकले एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सभापति शेरबहादुर देउवा, नेता शशांक कोइराला लगायतले एमसीसी पास गर्नुपर्नेमा जोड दिएका हुन् । बैठकमा उनीहरुले कुनै सैन्य रणनीति अन्तर्गत नरहेको भन्दै एमसीसी पास गर्नुपर्नेमा जोड दिएका हुन् । एमसीसीमा सबै नेता एकमत जस्तै रहेको एक नेताले बताए ।

Leave a Reply