\
राजनीतिराष्ट्रिय समाचार

प्रदेश ३ को राजधानी हेटौ‌ँडा नै हुने देउवाको दावी

४ वैशाख, हेटौँडा । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश ३ को राजधानी हेटौ‌ँडा नै हुने बताएका छन् । देउवाले आफू प्रधानमन्त्री हुँदा प्रदेशको अस्थायी मुकाम तोकेको भन्दै अब फेरबदल नहुने बताए ।

हेटौँडा राजधानी बनाउन कांग्रेस सकारात्मक रहेको भन्दै देउवाले अन्य दलसँग पनि पहल थाल्न सुझाव दिए । देउवालाई मकवानपुरका राजनीतिक एवं आर्थिक क्षेत्रको टोलीले मंगलबार ज्ञापनपत्र बुझाएको थियो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले देउवालाई प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त हुने आधारसहितको ज्ञापनपत्र बुझाएका थिए ।

Leave a Reply