प्रदेश अधिवेशन स्थानीय निर्वाचनपछि मात्रै गर्ने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेको बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टी पंक्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ ।
बैठकले आगामी माघ २८ गतेलाई तोकेको प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचन पछिमात्रै गर्ने भएको छ । बाँकी रहेका जिल्ला अधिवेशनहरू भने निर्वाचनअघि नै गर्ने निर्णय एमालेले गरेको छ ।