\
मुख्य समाचारराजनीति

एमसीसी पारित गर्ने सहमति भएको छैन : नेता श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने सहमति नभएकाे बताएका छन् ।
श्रेष्ठले एमसीसी सम्झौता पारित नभए गठबन्धन तोडिन्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले नभनेको पनि दाबी गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, “कुनै भ्रममा नपरौं, प्रमले एमसिसिसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन। आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन ।”

Leave a Reply