प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटमा बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षाका साथै आसन्न तिनै तहको निर्वाचनका सन्दर्भमा छलफल भएको एक नेताले जानकारी दिए ।