\
राजनीति

काङ्ग्रेसको निगाह रहदा सम्ममात्र माओबादी र समाजवादीको चुरी फुरि : शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले काङ्ग्रेसको निगाह रहदा सम्म मात्र माओबादी केन्द्र र एकीकृत समाजवादी पार्टी दुइ दिनको चुरी फुरि रहेको दावी गरेकी छन् ।

एमाले सचेतक समेत रहेकी चौधरीले अर्काको बैशाखी टेकेर कुण्ठाको राजनीति गर्नुको अर्थ नरहेको दावी गरेकी छन् ।

बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा १९ सिटमध्ये एक सिटबाहेक सबै सत्ता गठबन्धनका उम्मेदवारीले जितेपछि उनले यस्तो बताएकी हुन् ।

सचेतक चौधरीले सामाजिक सञ्जालमा लेखेकी छन् “अर्काको बैशाखी टेकेर कुण्ठाको राजनीति गर्नुको अर्थ के छ र, दुइ दिनको चुरी फुरि काङ्ग्रेसको निगाह रहदा सम्म मात्र त हो !”

Leave a Reply