\
राजनीति

गृहमन्त्री खाँण र अस्ट्रेलियन राजदुतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अस्ट्रेलियन राजदुत फेलोसिटी भोल्कबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा गृहमन्त्री खाँणले नेपालको विकासमा अस्ट्रेलियाले गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरेका थिए ।

उनीहरुबीच भेटवार्ता भएको विषय गृहमन्त्री खाँणले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका हुन्।

Leave a Reply