निर्वाचन आयोगको निष्कर्ष: वैशाखमा चुनाव गराउन सरकारले तत्काल निर्णय लिनुपर्छ
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनाव गराउनका लागि सरकारले उपयुक्त निर्णय गर्नुपर्ने बताएको छ ।
आयोगले वैशाखमा स्थानीय तहको चुनाव गराउनका लागि १२० दिनको समय चाहिने भन्दै त्यसका लागि सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने बताएको छ ।
स्थानीय तहको चुनावका लागि ठोस रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता आयोगले शुक्रबारको सर्वदलीय बैठकमा औंल्याएको हो ।
आयोगले वैशाख १४ गते र २२ गते दुई चरणमा स्थानीय तहको चुनाव गरौं भनि बैठकमा प्रस्ताव गरेको छ ।