निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक
काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । निर्वाचन आयोगका अनुसार शुक्रबार विहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको छ ।
स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको आयोगले बतायो ।
निर्वाचन आयोगका अनुसार सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुन्छ ।