डा. बाबुरामले तोडे सुरक्षा घेरा
२९ चैत, काठमाण्डौ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइले आजदेखि सुरक्षा घेरामा नहिँड्ने निधो गरेका छन् ।
बिहीबार आफुलाई सुरक्षा दिँदै आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीलाई औपचारिक रुपमै विदाई गर्दै संयोजक भट्टराईले सो निर्णय गरेका हुन् ।
नेता डा. भट्टराईले बिहीबार बिशालनगरस्थित आफ्नो निवासमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सबै सुरक्षाकर्मीलाई विदाई गरेका छन् । उनले १२ वर्षदेखि सुरक्षा दिने सबै सुरक्षाकर्मीहरुलाई धन्यवाद समेत दिएका थिए ।
भट्टराईको सुरक्षाका लागि पछिल्लो समयमा नेपाल प्रहरीबाट निरीक्षक चन्द्र केसीको नेतृत्वमा १० र सशस्त्र प्रहरीका निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा १९ जना गरी २९ जना तैनाथ थिए ।