\
राजनीतिहेडलाइन

एमाले गोर्खा जिल्लाको अध्यक्षमा गुरुङ सर्वसम्मत चयन

गोरखा । एमाले गोरखाको अध्यक्षमा प्रेमबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । शुक्रबार सुरू भएको अधिवेशनबाट अध्यक्ष गुरुङसहित उपाध्यक्ष र सचिवसहित ६० सदस्य सर्वसहमत चयन भएका छन् ।

अध्यक्षमा गुरुङ, उपाध्यक्षमा कृष्णबहादुर नेपाली र सचिवमा काजीराम रोकाको एकल उमेदवारी परेको थियो । पदाधिकारीमध्ये उपसचिवमा विशाल थापा, सुरेशबाबु श्रेष्ठ र राजन गुरुङले उम्मेदवारी दिएका छन् । दुई उपसचिवका लागि तीन जनाको उम्मेदवारी परेपछि निर्वाचन भएको हो ।

Leave a Reply