\
राजनीतिहेडलाइन

माओवादीको केन्द्रीय सदस्य संख्या २४६ पुग्यो (नामावलीसहित)

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या २४६ जना पुगेको छ । माओवादी केन्द्रले सोमबार २४६ जनाको नामावली सार्वजनिक गरिएको हो ।
आइतबार कमलादीस्थित महाधिवेशनको बन्दसत्र हलमा पुष्पकमल दाहाल प्रचण्डले २२६ जनाको नाम सार्वजनिक गरेका थिए ।

१० जनाको नाम थप गरेर २४६ जना पुगेको निर्वाचन समितिले जनाएको छ । माओवादीको विधानअनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय रहनेछ ।

माओवादीको अर्को केन्द्रीय कमिटी बैठक पुस २५ गते बस्नेछ ।

Leave a Reply