\
राजनीतिहेडलाइन

काँग्रेस सभापति र प्रमुख प्रशासकीय अधिकृतसहित १४ पक्राउ

जाजरकोट । जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट १४ जना जुवाको खालबाट पक्राउ परेका छन् ।

नेपाली काँग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढासहित १४ जना पक्राउ परेका छन् ।​ सभापति बुढा वडाध्यक्ष समेत हुन् ।

पक्राउ पर्नेहरुमा जाजरकोट भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती पनि रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई शनिबार राति २ बजे पक्राउ गरेको थियो ।

Leave a Reply