राष्ट्रिय सम्मेलनबारे छलफल गर्न माओवादीले बोलायो स्थायी कमिटी बैठक
काठमाडौं । माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेजमाथि छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको एक नेताले जानकारी दिए ।
पुस ११ गतेबाट सुरु हुने सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने दस्तावेज पेश गर्ने भएका छन् ।
सम्मेलनका विविध पक्षबारे छलफल गर्न शुक्रबार बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बोलाएको एक नेताले जानकारी दिए ।