बालुवाटारमा मन्त्रिपरिषद्काे बैठक सुरु
२७ चैत, काठमाण्डौ । नयाँ महानिरीक्षक नियुक्ति लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्काे बैठक सुरु भएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक पदमा नयाँ महानिरीक्षक नियुक्ति लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
नेपाल प्रहरीका आईजिपी प्रकाश अर्याल तथा सशस्त्र प्रहरी बलका आईजिपी सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा हदका कारण अवकाश पाउन लागेका हुन् ।