एमसिसीको चर्चा चलिरहँदा सभामुखले किन बोलाए कार्य व्यवस्थाको बैठक ?
काठमाडौँ । संसद बैठक शुरु हुनुअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठक बिहान साढे ११ बजे बस्ने भनिएतापनि भर्खर मात्र शुरु भएको हो ।
समिति बैठक संसद् भवन नयाँबानेश्वरस्थित शंकर हलमा पूर्वनिर्धारित समयभन्दा झन्डै १ घण्टापछि शुरु भएको कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ ।
उक्त बैठकमा सभामुख सापकोटा, नेपाली काँग्रेसका तर्फवाट कानुन मन्त्री समेत रहेका दिलेन्द्रप्रसाद बडू, एमालेको प्रमुख सचेतक बिशाल भट्टराई र नेता कृष्णभक्त पोखरेल, नेकपा माओवादीका तर्फवाट नेता देव गुरुङ, जनता समाजवादी (लोकतान्त्रिक) पार्टीको तर्फवाट लक्ष्मणलाल कर्ण र उमाशंकर अर्गरिया, संसदका महासचीव डा. भरतराज गौतम र प्रतिनिधिसभाका सचीव गोपालनाथ योगीको सहभागीता रहेको छ ।
एमसिसीको चर्चा चलिरहँदा सभामुखले बोलाएको कार्य व्यवस्थाको समितिको बैठकको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यदि राजनीतिक दलका शीर्ष नेताहरुको सहमतिमा आए सभामुख सापकोटा पनि एमसीसीको बारेमा सकारात्मक भएको बुझिएको छ ।
सभामुख सापकोटाले यसअघि यदि राजनीतिक पार्टीहरुवीच राष्ट्रिय सहमति भएमा मात्र एमसीसी संसदमा लानुपर्ने बताउदै आएका थिए । आजको प्रतिनिधिसभाको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गर्ने भएको छ ।
संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बैठक बस्न लागेको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले घटनाक्रम पुरानै भई नयाँ घटनाक्रम विकास नभएकाले एमाले पूर्ववत रुपमा संसद बैठक आज पनि अवरुद्ध जारी राख्ने बताएका छन् ।
एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा सभामुखलले त्यसको सुनुवाइ नगरेको आरोप लगाउँदै एमालेले संसद बैठक पनि अबरुद्ध गर्दैै आएको छ । संसदमा सभामुखको भूमिकाको विषयमा आपत्ति जनाउँदै एमालले बैठक बहिष्कार गर्दै आएको हो ।