सत्ता गठबन्धनको बैठकवाट किन बाहिरिए माधव नेपाल ?
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनको जारी बैठकवाट नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल बाहिरिएका छन् ।
प्रधानमन्त्री देउवा सत्ता गठबन्धनको बैठकमा आउन ढिला भएपछि नेपाल आफ्नो पुर्ववतः कार्यक्रममा सहभागी हुन बालुवाटार बैठकबाट बाहिरिएको बुझिएको छ । यद्यपि नेपाल बाहिरिएपनि बैठकमा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल भने बसिरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक जारी रहेको हो । सर्वदलीय बैठकमा पेश हुने एजेन्डाको बारेमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बसिरहेको हो ।
प्रधानमन्त्री देउवाले बोलाएको आज आइतबार अपराह्न ४ बजेका लागि प्रधानमन्त्री देउवाले बैठक बोलाएको बैठक बस्नुअघि दिउँसो ३ बजेदेखि बालुवाटारमै सत्ता गठबन्धनको बैठक बसेको हो ।