काँग्रेस महामन्त्रीमा गगन थापा विजयी
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको महामन्त्री पदमा गगन थापा सर्वाधिक मतसहित विजयी भएका छन् । मतगणना जारी रहँदा ३९९० मतपत्र गन्दा नै उनको विजय निश्चित भएको हो ।
निर्वाचन समितिका अनुसार ३९९० मत गन्दा गगन थापाले सर्वाधिक मत पाएका छन् । गगन थापाले २५८१ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ७ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् ।