\
मुख्य समाचारराजनीति

१०० मत गन्दा गगनले सर्वाधिक ७० भोट पाए, दोस्रोमा विश्वप्रकाश

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस महामन्त्रीको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा महामन्त्री पदको मतगणना सुरु भएको हो ।

निर्वाचन समितिका अनुसार १०० मत गन्दा गगन थापाले सर्वाधिक ७० मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्मा ३४ मतका साथ दोस्रो स्थानमा छन् । त्यस्तैगरी प्रकाश शरण महत ३१ मतका तेस्रो र प्रदीप पौडेल २७ मतका चौथो स्थानमा छन् । यस्तै राजाराम कार्कीले ४ मत ल्याएका छन् ।

उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

Leave a Reply