\
Breakingराजनीति

देउवाले सहयोग मागेपछि उल्टै शशांकले दिए यस्तो जवाफ

काठमाडौं । नेपाली काँग्रेसका नेता शशांक कोइराला र सभापतिका उम्मेदवार शेरबहादुर देउवाबीच मंगलबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा देउवाले सभापतिमा आफूलाई सघाउन कोइरालालाई आग्रह गरेका थिए ।

स्रोतका अनुसार शशांकले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टीलाई मिलाएर लैजान देउवालाई आग्रह गरेका थिए ।

एक नेताका अनुसार शशांकले आफू एकताको पक्षमा रहेकाले कसैको पक्षमा खुल्न नसक्ने बताए ।

Leave a Reply