\
राजनीतिहेडलाइन

पार्टी रुपान्तरणको पक्षमा उभिन र शेखरलाई सभापतिमा विजयी गराउन गगनको अपिल

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको १४औं महाधिबेशनमा डा. शेखर कोइरालाको प्यानलवाट महामन्त्री पदका उम्मेदवार गगन थापाले पार्टी रुपान्तरणको पक्षमा उभिन र कोइरालालाई सभापतिमा विजयी गर्न अपिल गरेका छन् ।

केहि समयअघि एक अपिल जारी गर्दै थापाले अन्तरमनको आवाज सुनेर पार्टी रुपान्तरणको पक्षमा उभिन र कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन महाधिवेशन प्रतिनिधिहरुलाई पुन: हार्दिक अपील गरेका हुन् ।

उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू,आज इतिहासले हामीसंग असाधारण निर्णय लिन आव्ह्वान गरिरहेको छ। इतिहासको त्यो आव्ह्वान र अन्तरमनको आवाज सुनेर पार्टी रुपान्तरणको पक्षमा उभिन र डा.शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन पुन: हार्दिक अपील गर्दछु। जय नेपाल!’

काँग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि सुरु हुँदैछ । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका शेरबहादुर देउवा र दोस्रो धेरै मत ल्याउन डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा हुनेछ ।

सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको हो । काँग्रेस स्रोतका अनुसार सोमबार मतदान भएका तीन स्थानमा नै मतदान हुने भएको हो ।

गगनको अपिल

Leave a Reply