\
राजनीतिहेडलाइन

काँग्रेस महाधिवेशनमा मतदान गर्ने समय ९ बजेसम्म थप

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको १४औं महाधिवेशनको मतदान गर्ने समय थप गरिएको छ । निर्वाचन समितिले मतदान गर्ने समय थप गरेर ९ बजेसम्म थप गरेको हो ।

यसअघि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । सोमबार मध्यान्ह १२ बजेदेखि मतदान सुरु भएको थियो । महाधिवेशनमा १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply