\
राजनीतिहेडलाइन

कांग्रेस महाधिवेशन: ६०० मत खस्यो, मतदान गर्न ५५ मिनेटसम्म लाग्ने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मतदानमा दिउँसो २ बजेसम्म करिब ६ सय मत खसेको छ।

निर्धारित समय ९ बजेभन्दा करिब २ घण्टा ढिलो गरी शुरु भएको मतदानमा दिउँसो २ बजेसम्म करिब ६ सय मत खसेको एक नेताले जानकारी दिए ।

स्रोतका अनुसार ४७२३ जना जनप्रतिनिधिले मतदान गर्नेछन् । मतदान गर्नका लागि भृकुटीमण्डपमा दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

एक नेताका अनुसार मतदान गर्नलाई एक जनालाई ४५ देखि ५५ मिनेटसम्म लागेको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply