\
राजनीतिहेडलाइन

गृहमन्त्री खाँणले भने- पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए द्वन्द्व हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए द्वन्द्व हुने बताएका छन् ।

सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए दुईवटा शक्तिकेन्द्र बन्ने र त्यो द्वन्द्वले पार्टी र सरकार दुवैलाई असर पार्ने बताएका हुन् ।

१४औं महाधिवेशनमा मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले पार्टीभित्रको शक्ति सन्तुलन, अन्य राजनीतिक दलको विश्वास पाउन पनि शेरबहादुर देउवा नै सभापतिमा निर्वाचित हुनुपर्ने बताए ।

अहिलेको अवस्थामा शेरबहादुर देउवालाई नै सभापतिमा निर्वाचित गर्न सक्यौं भने पार्टीभित्रको शक्ति सन्तुलन पनि मिल्ने उनले बताए।

Leave a Reply