वरिष्ठ नेता पौडेललाई निधिको फोन, के कुरा भयो ?
काठमाडौं । काँग्रेस उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेका छन् । १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार निधिले वरिष्ठ नेता पौडेललाई फोन गरेर आजको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आग्रह गरेका हुन्।
स्रोतका अनुसार आजको महाधिवेशन उद्घाटन समारोहमा समेत उपस्थित नहुने चर्चा चलेपछि निधिले पौडेललाई फोन गरेका हुन् ।
निधिले पार्टीका शीर्ष नेता उद्घाटन समारोहमा सहभागी हुनुपर्ने भन्दै पौडेलको सहभागिता जरुरी रहेको बताए । जवाफमा पौडेलले आफू सहभागी हुने बताएको निधिले जानकारी दिए ।