\
मुख्य समाचारराजनीति

काँग्रेस महाधिवेशन : सिंहले शक्ति प्रदर्शनसहित सभापतिमा उम्मेदवारी दर्ता गर्दै

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शनिबार सभापतिमा उम्मेदवारी दर्ता गर्ने भएका छन् । पार्टीको १४औं महाधिवेशनमा नेता सिंहले सभापतिमा उम्मेदवारी दर्ता गर्ने बेलामा शक्ति प्रदर्शन गर्ने भएका छन् ।

स्रोतका अनुसार नेता सिंहले शक्ति प्रदर्शन लागि आफ्नो सचिवालयमार्फत काठमाडौ उपत्यका भित्रका वडा कमिटीका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।

कम्तिमा ५ हजार समर्थकसहित उम्मेदवारी दर्ता गर्न लागेको नेता सिंहको सचिवालयले जनाएको छ। हिँड्नसक्ने जति सबैलाई उपस्थित हुन सर्कुलर पठाइएको छ ।

Leave a Reply