\
राजनीति

एमालेको महाधिवेशन: २ दिन लम्बिँदा डेढ करोड खर्च

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा करिब ९ करोड खर्च भएको छ ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार दुई दिन लम्बिँदा करिब डेढ करोड रुपैयाँ बढी खर्च भएको छ ।

तोकिएको समयमा नेतृत्व चयनको प्रक्रिया सम्पन्न हुन नसकेपछि दुई दिन लम्बिन पुगेको थियो ।

महाधिवेशनको उद्घाटन चितवनस्थित नारायणी नदी किनार र बन्दसत्र सौराहामा भएको हो । महाधिवेशनमा एमालेका २१५३ प्रतिनिधि सहभागी छन् ।

Leave a Reply