एमाले अध्यक्षमा ओलीले दर्ता गरे उम्मेदवारी
चितवन । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार राति अबेर ओलीले सर्वसम्मतका लागि आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी र केन्द्रीय कमिटी प्रस्ताव गरे पनि भीम रावलले अस्वीकार गरेपछि निर्वाचनमै जानु परेको हो ।
अध्यक्ष पदमा ओली र भीम रावलले उम्मेदवारी दर्ता दिएका छन् । ओलीलाई विष्णु पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् ।