\
मुख्य समाचारराजनीति

शेरधन राईले गरे एमाले सचिवमा उम्मेदवारी दिने घोषणा

चितवन । प्रदेश १ का पहिलो एवं पूर्वमुख्यमन्त्री शेरधन राईले नेकपा एमालेको सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमाले पोलिटव्युरो सदस्य  समेत रहेका राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका हुन् ।

भोलि शुक्रबारदेखि चितवनमा शुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन आज बिहीबार भरतपुर आइपुगेका राईले सचिवमा उम्मेदवारी दिने बताएका हुन् । राई एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पोलिटव्युरो सदस्यमा निर्वाचित भएका थिए ।

Leave a Reply