एमाले सचिवमा महेश बस्नेतको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सचिव पदमा नयाँ पुस्तालाई स्थान दिनुपर्ने बताएका छन् ।
आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता बस्नेतले सचिव पदमा कम्तीमा ५० प्रतिशत नयाँ पुस्तालाई स्थान दिनुपर्ने बताएका हुन्।
उनले सचिव पद पदाधिकारीको प्रवेश विन्दु भएको भन्दै नयाँ पुस्तालाई स्थान नदिइए एमाले पुरातन विचार भएको पार्टी बन्ने बताए ।
बस्नेतले सहमति वा निर्वाचन जे भए पनि सचिव पदमा कम्तीमा ५० प्रतिशत युवा पुस्ता आउनुपर्ने बताए । नेता बस्नेतले आफू सचिवको दाबीबाट पछि नहट्ने बताए ।