फेरि सचिव पदमै उम्मेदवारी दिने योगेश भट्टराईको घोषणा
चितवन । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको दशौं महाधिवेशनमा पुनः सचिव पदमै उम्मेदवारी दिने तयारी भएको दावी गरेका छन्।
नेता भट्टराईले बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उम्मेदवारी घोषणा नभए पनि सचिव पदमै उम्मेदवारी दिने अपेक्षा गरेका हुन् । उनले सबैसँग सल्लाह लिएर अघि बढ्ने जानकारी दिए ।
पुर्वमन्त्री समेत रहेका नेता भट्टराईले एमालेमा कार्यकारी भूमिका निर्वाह गर्न आफूसँग अझै १५ वर्ष बाँकी रहेकाले अहिले नै ठुलो पदमा पुग्ने आकांक्षा नराखेको बताए ।