\
राजनीतिहेडलाइन

रामचन्द्र झाले छोडे प्रचण्डको माओवादी, माधव नेपालको नेकपा (एस) मा प्रवेश गर्ने

काठमाडौँ । रामचन्द्र झाले नेकपा माओवादी केन्द्रका छोडेका छन् । झा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने तयारीमा गरेको उनीनिकट नेताहरुले बताएका छन् ।

झा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको पार्टी माओवादी केन्द्र छोडेर माधवकुमार नेपाललर नेतृत्व गरेको नेकपा (एस) मा प्रवेश गर्ने तयारी गरेका हुन् ।

उनी मंसिर ५ गते जनकपुरमा हुने आमसभामा औपचारिक रुपमा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । यसअघि झा नेकपा एमाले, नयाँ शक्ति हुदै माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

झाले माओवादी केन्द्का अध्यक्ष प्रचण्ड लगायतका नेताहरुसँग सल्लाह गरेरै पार्टी छोडेको माओवादी नेताहरुले बताएका छन् ।

Leave a Reply