\
राजनीतिहेडलाइन

अदालतको विषयमा कांग्रेस नबोल्ने, चुप लगेर बस्ने प्रकाशरणको आशय

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले अदालतको विषयमा अहिले कांग्रेस केही नबोल्ने बताएका छन् । आज आइतबार राजधानीमा आयोजित अन्तर्क्रियामा अदालतमा हाल देखिएको विवादका विषयमा आफ्नो धारणा राख्दै महतले अदालतको विषयमा काँग्रेस अहिले चुप लगेर बस्ने आशय प्रकट गरेका हुन् ।

महतले न्यायालयभित्र भएको समस्या समाधान न्यायाधीश र प्रधानन्यायाधीश मिलेर अन्त्य गर्नुपर्नेमा जोड दिँदै महतले छिटो निकास दिएर न्याय सम्पादन हुनुपर्ने धारणा राखे ।

उनले संविधानको सीमा नाघेमात्रै संसद्को भूमिका आउने नभए अहिले संसद् पनि अघि बढ्नुपर्ने अवस्थामा नरहेको बताए । उनले संविधानको सीमा नाघ्यो भनेर अहिलेसम्म कुनै विषय बाहिर नआएकाले कांग्रेस बोल्नुपर्छ जस्तो नलाग्ने बताए ।

उनले भने, ‘प्रधानन्यायाधीशले संविधानको सीमा नाघे संसद बोल्छ, अहिले यसरी संविधानको सीमा नाघ्यो भनेर आएको छैन । त्यसकारण त्यहाँ भएको समस्या त्यहीँ भित्रबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा छौँ । त्यहाँभित्रको समस्या त्यहीँ समाधान गर्नुपर्छ, न्यायाधीश र प्रधानन्यायाधीश मिल्नुपर्छ ।’

Leave a Reply