\
राजनीतिहेडलाइन

प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन बारको ५ दिने अल्टिमेटम

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको छ । आज शुक्रबार बसेको बारको बैठकले आइतबारदेखि प्रधानन्यायाधीश जबराविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

कात्तिक १४ गते आइतबारदेखि १७ गतेसम्म बिहान १० देखि ११ बजेसम्म बारमै विरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने तथा १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध प्रदर्शन गर्ने बारले निर्णय गरेको हो ।

बारका महासचिव लीलामणि पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा कात्तिक १७ भित्र पनि प्रधानन्यायाधीशले राजीनामा नदिएमा आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने उल्लेख छ । बारले न्यायपालिकाको समग्र सुधारका लागि बाध्यात्मक रूपमा आन्दोलन गर्नुपरेको भन्दै सहयोगका लागि सेवाग्राही, कानून व्यवसायी र नागरिक समाजसँग आग्रह समेत गरेको छ ।

बारले कुनैपनि मुद्दाको आदेश फैसला नगर्न प्रधानन्यायाधीश जबरालाई आग्रह समेत गरेको छ । यद्यपि सर्वोच्चमा अन्य न्यायाधिशहरुले इजलास गरिरहेपनि प्रधानन्यायाधीश जबराले आफ्ना लागि तोकिएको इजलासमा सुनुवाई गरिरहेका छन् । बारले यसअघि नै जबराको राजीनामा माग गरिसकेको छ ।

नेपाल बार एशोसिएसन प्रेस विज्ञप्ति

Leave a Reply