\
बागमती प्रदेशमुख्य समाचारराजनीति

बाग्मती प्रदेशमा राजेन्द्र पाण्डे आज मुख्यमन्त्री नियुक्त हुँदै

मकवानपुर । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त हुँदैछन् । पाण्डेले हिजो ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गरेका थिए ।

बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बिहीबार अपरान्ह ३ बजेभित्र प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको लागि दाबी पेश गर्न हिजो आह्वान गरेसँगै बुधबार नै पाण्डेले दावी पेश गरेका थिए ।

पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एस) सहितका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । हिजो बुधबार मात्रै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै पाण्डे नयाँ मुख्यमन्त्री नियुक्ति हुन लागेका हुन् ।

पहिलो चरणमा मुख्यमन्त्रीमा पाण्डेसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार हुने भएको छ । अन्य मन्त्रालयमा टुंगो भने मुख्यमन्त्रीले संसद्‌मा विश्वासको मत लिएपछि लाग्ने बताइएको छ । तिहार लगत्तै मुख्यमन्त्रीले विश्वासको मत लिने र सरकार विस्तार गरिने बुझिएको छ ।

गठबन्धनमा भएको सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् । यसरी पहिला एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बन्ने र त्यसपछि काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् ।

यो पनि पढ्नुहोस्

बाग्मतीमा राजेन्द्र पाण्डे भोलि मुख्यमन्त्री बन्दै, यी नयाँ बन्न लागेका मन्त्रीहरु

बाग्मतीमा ५९ सांसदसहित राजेन्द्र पाण्डेले गरे मुख्यमन्त्रीमा दावी पेश

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

Leave a Reply