विप्लवजी मजाक नगर्नुहोस् राजनीति यसरी हुँदैन : प्रधानमन्त्री ओली
१७ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शार्मा ओलीले नेत्रविक्रम चन्दलाई चन्दा उठाउने र सुतली बम पड्काउने काम कुनै पनि सिद्धान्तमा नभएको बताएका छन् ।
शनिबार आयोजना गरिएको रिपोर्टर्स क्लबको २० औँ वार्षिकोत्वमा बोल्दै ओलीले चन्दका सिद्धान्त पुरानो भइसकेको बताए ।
चन्दको पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफुलाई वारेन्ट काटेकोमा उनले मजाक नगर्न आग्रह गरे । ‘विप्लवजी मजाक नगर्नुहोस् राजनीति यसरी हुँदैन । ठट्टा मजाक गर्ने हो भने मदनकृष्ण हरिवंश, धुर्मुस सुन्तलीको प्रहसनमा सहभागी हुन आग्रह गरे ।
उनले भने, ठड्टा मजाक गर्ने भए मदनकृष्ण हरिवंशजीहरु सँग आए हुन्छ । म पनि सिफरिस गरिदिन्छु । धुर्मुस सुन्तलीलाई पनि भनिदिउँला ।’