माओवादी स्थायी कमिटी बैठक बस्दै : मन्त्री र अखिल क्रान्तिकारीको अध्यक्ष छान्ने
काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउसो ३ बजे बैठक बस्न लागेको हो ।
बैठकमा देउवा सरकारमा पठाउने बाँकी मन्त्रीको नामबारे छलफल हुने बुझिएको छ । यसका साथै माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो समेत लगाउने एक माओवादी नेताले जानकारी दिए ।